प्रधानमन्त्री ओली अस्पताल भर्ना

पर्यटन बजार१४ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

प्रधानमन्त्री ओली अस्पताल भर्ना

चैत १४, काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।

उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

Facebook Comment

छुटाउनुभयो कि?