अन्तरदेशीय उडान गर्न मिल्नेगरी वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने

पर्यटन बजार१९ आश्विन २०७७, सोमबार मा प्रकाशित

अन्तरदेशीय उडान गर्न मिल्नेगरी वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने

असोज १९, विराटनगर। वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको छ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यो विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।

हाल १५ मिटर लामो धावनमार्ग भएको यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?