अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किँदा हराएका मलेसियन नागरिकको उद्धार

पर्यटन बजार१३ बैशाख २०७६, शुक्रबार मा प्रकाशित

अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किँदा हराएका मलेसियन नागरिकको उद्धार

१३ बैशाख, पोखरा । मलेसियन नागरिक वि किन चिनको शुक्रबार बिहान सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार भएको छ। उनी अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किँदा मंगलबादेखि हराएका थिए ।

अहिले उनलाइ काठमाडौंको मेडिसिटी अस्पताल लगिँदैछ। बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’ खोजी कार्यमा बेवास्ता गरे पछि सिम्रिक एयर उनकाे खाेजीमा गएकाे थियाे । रेस्क्यु टिमले उनलाइ हिमालको मध्यभागतिर भेटिएका थिए।

 

Facebook Comment

छुटाउनुभयो कि?