अपडेट – मौषमका कारण उद्धारमा कठिनाई , मन्त्री अधिकारी सहित ७ जनाकै शब जलेको अवस्थामा फेला

पर्यटन बजार१५ फाल्गुन २०७५, बुधबार मा प्रकाशित

अपडेट  – मौषमका कारण उद्धारमा कठिनाई , मन्त्री अधिकारी सहित ७ जनाकै शब जलेको अवस्थामा फेला

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा सवार ७ जनाकै मृत्यु भएको छ। मृत्यु भएका ७ जनाकै शब फेला परिसकेको भएता पनि शबको पहिचान हुन सकेको छैन ।

दुर्घटनाग्रस्त स्थानमा प्रहरी पुगिसकेको भएतापनि पानि परेको र बाक्लो कुइरोको कारण उद्दारमा समस्या आएको स्रोतले बताएको छ । मौषममा सुधार आए आजै मृतकहरुको शबलाई काठमाडौँ ल्याउने प्रयास भइरहेको पनि जनाइएको छ ।

हेलिकप्टर के कारणले दुर्घटना भयो यसको विवरण बहने आउन बाँकी रहेको छ । यतिबेला मन्त्रीस्तरीय बैठक पनि जारी रहेको छ । नेपाल सरकार संग भएका सबै उपकरणको प्रयोग गरी जतिसक्दो  छिटो उद्दार गर्ने बारे बैठकमा छलफल भएको एक मन्त्रीले बताएका छन् ।

 हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक  आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ७जना चढेको हेलिकप्टर पाथीभरा गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।बिस्तृत विवरण केहिबेरमै पत्रकार सम्मेलन गरेर जानकारी गराइनेछ ।

Facebook Comment

छुटाउनुभयो कि?