अबको पाटो कृषि र पर्यटनको एउटै बाटो – संगम शेर्पा

पर्यटन बजार२२ श्रावण २०७६, बुधबार मा प्रकाशित

अबको पाटो कृषि र पर्यटनको एउटै बाटो – संगम शेर्पा

साउन २२ , काठमाडौँ। टान निर्वाचनले उम्मेदवारहरुलाई अहिले भ्याई नभ्याई छ। सबैजना आफ्नो पोल्टामा मत पार्न दिनरात नभनी लागि परिरहेको अवस्थामा संगम शेर्पा एक अलग विचारका साथ निर्वाचनमा होमिएका छन्। उनलाई तडक भडक ले छोएको छैन ,साधारण शैलीमा बिश्वास राख्ने उनि आफ्नो यहि शैलीले सबैको मन जित्नेमा बिश्वस्त छन्। प्रस्तुत छ अर्गानिक फारम हाउसका संचालक तथा टान नेतृत्व का उम्मेदवार संगम शेर्पा संग पर्यटन बजार डट कमले गरेको कुराकानी :

टानको निर्वाचन मा तपाइको उम्मेदवारी किन ?
यहाँ म्रिश्रित कुराहरु छन् तर शेर्पा पर्यटन व्यवसायीको हिसाबले चाहिं म त्यहाको महासचिब हुँ।शेर्पा पर्यटन व्यवसायी संघ बाट यसपालिको टान निर्वाचनको लागि एउटा यूवा अनुभबी र व्यतिगत पहुँच पनि ठाउँ ठाउँ मा पुग्न सकेको व्यक्ति , त्यसमा पनि तपाइले नै हाम्रो नेतृत्व गरेर जादा बेस्ट हुन्छ भन्ने एउटा निर्णय भएको भएर मैले उम्मेदवारी दिएको हुँ। सबैको निर्णय लाई स्वीकारे , तमाम शेर्पा पर्यटन व्यबसायी संघले मलाई बिश्वास गरेर मेरो लागि अबसर को बाटो दिदा मैले खुट्टा कमाउने कुरै भएन। मैले पनि टानमा पनि एक कार्यकाल काम गरेको छु र पर्यटन क्षेत्र मा २५ बर्ष भन्दा लामो अनुभबको कारणले टानले म जत्तिको अध्यक्ष पायो भने टान को स्वरुप फेरिन्छ भन्ने म संग कन्फ़िडेण्ट पनि छ र म एकदमै उत्साहित भएर लागिपरेको छु !

जित्नको लागि चाहिं के कस्ता तयारि भइराखेको छ ?
तयारीको कुरा गर्ने हो भने यहा अरु धेरै प्रत्यासीहरु हुनुहुन्छ जो आर्थिक रुपले धेरै सबल हुनुहुन्छ, जसको कारणले वहाहरुले दिन दिनै माहोल तताइरख्नु भएको छ, क्यापेनिङ्ग गरिराख्नु भएको छ तर म चाहीं यो आर्थिक रुपमा सिलप्याकलाइ चाहीं बढी बजारमा देखाएर सिम्प्याथी विन गर्नु भन्दा पनि मेरा इस्यु, एजेन्डा भिजन, मिसनको आधारमा टानको चुनाब जित्छु र समग्र पर्यटन व्यबसायीहरुको मन जितेर म टानको नेतृत्व गर्छु भन्ने तयारीको साथ् आइरहेको छु , त्यसमा मैले क्यापीयन गर्ने, धेरै मानिस भेला गर्ने र अलिक धेरै खुकुलो हिसाब मा खर्च गर्ने मेरो सोच छैन।

टानमा चाहिं तपाइका एजेण्डाहरु कस्ता छन् जसले मतदाताहरुले तपाइलाइ पत्याउछन ?
मेरा धेरै एजेण्डाहरु छन् जसले टान अहिलेको अवस्थाबाट धेरै सुध्रन सक्छ। सर्बप्रथम चाहीं कृषि र पर्यटनलाइ एक्कैसाथ लैजानु पर्छ भन्ने हो। लगभग धेरै पर्यटन व्यवसायीहरुले यो कुरा बुझ्नु भएको छैन, मात्र बिदेशीलाई ल्याउने आफ्नो गन्तव्यहरुमा लाने, उनिहरु खुसि हुन् – नहुन, उनिहरुले खास नेपालमा हेर्न खोजेको के ? खान खोजेको के हो ? भन्ने कुरालाइ खासै ध्यान दिदैनन तर मेरो महत्वपूर्ण एजेन्डा भनेको पर्यटन क्षेत्र ले कृषि लाइ उकास्नु पर्दछ र यहा आउने पर्यटकहरुलाई चाहिं स्वदेश मै उत्पादित खानेकुराहरु खुवाएर उनिहरुलाई सन्तुष्ट पार्न सकियो भने उनिहरु फेरी आउछन् , अर्को कुरा चाहिं त्यो संगसंगै देश पनि सम्बृद्ध भैराखेको हुन्छ। टान योजनाको माध्यमबाट देश सम्बृद्ध हुनु आफैमा गर्वको कुरा हो। प्राङ्गारिक कृषि पर्यटनको माध्यम बाट अहिलेको नेपाल सरकारले जुन प्राङ्गारिक कृषि पर्यटनको लागि लगभग ९ अर्ब रुपैया छुट्याएको छ त्यो रकम चाहिं कृषि मन्त्रालय र पर्यटन मन्त्रालयले मात्रै व्यबस्थित तरिकाले खर्च गर्न सक्दैनन् त्यसले गर्दा टान जस्तो पर्यटकीय क्षेत्रमा काम गर्ने संस्था संग मिलेर काम गर्ने हो भने यो सरकारको योजनालाई बास्तबिकता बनाउन सकिन्छ । पर्वतीय पर्यटनको सबैभन्दा ठुलो छाता संगठन जहाँ बिज्ञ देखि लिएर टान एकदमै अनुकुल छ। १८०० भन्दा बढी व्यबासयिहरु को छाता संगठन भएको भएर हामीले त्यो नौ अर्ब बजेट लागु गर्न सक्ने हो भने सफलता पुर्बक कृषि र पर्यटन लाइ संगै अगाडी लान सक्छौ, र देश पनि सम्पन्न हुन्छ।

दोश्रो कुरा चाहिं अहिलेसम्म टानमा पोलिटिकल “गिभ एण्ड टेक”को आधार मा जो पायो त्यहि टानमा जाने र त्यसको बिशेषता, टानको विशिष्टता , टानले गर्न सक्ने हैसियत पनि नबुझेका नेतृत्वहरु धेरै पुगेकोले गर्दा खेरि आज टानको साख खस्किएको छ, मेरा धेरै योजनाहरु पनि छन्, मेरो एजेण्डा मिसन र भिजन जसको कारणले टानलाइ सफलतापुर्वक माथि लैजान सक्छु, हिम्मत पनि छ। यहा कुरा आएको अनुसार टानको कर्मचारी चुस्त दुरुस्त नहुनाले पनि टान तल झरेको भन्ने पनि छ . मेरो एजेन्डा अनुसार टानका कर्मचारी हुन् या जो सुकै हुन् नेतृत्वमा जाने मान्छे चाहिं सहि मार्ग निर्देशक हुन सक्यो भने जो भएपनि मजाले काम गर्न सक्छ, वहाहरुले आफुले पाउनुभएको सुबिधाको आधारमा समयमा आएर काम गर्ने र जाने एउटा सीटम राख्न सक्यो भने टानमा त्यस्तो बेथिति पनि छैन जस्तो लाग्छ र अर्को महत्वपूर्ण पाटो भनेको टानमा अहिले टिम्स फन्डको करोडौ पैसा नेपाल टुरिजम बोर्ड मा थुप्रिएर बसेको छ, म नेतृत्व मा पुगेपछि टानको त्यो पैसा ल्याउन म विभिन्न उपायहरु अपनाउने छु र नेपालका जति पनि दुर दराज का पर्यटकीय स्थल छन्, दुर दराज का होटल व्यवसायीहरु जसले राज्यको पहुँचको फिल गर्नुभएको छैन उहाहरुलाई राज्यको तर्फबाट गर्नपर्ने पुल कुलेसा, गोरेटो , शौचालय, त्यहाको पर्यटक लाइ सेवासुविधा दिने मान्छेहरुलाई तालिम दिने र टिम्स कार्यालय बनाउन मिल्छ । तर टान अहिलेकोलागि एउटा कमारो जस्तो मात्र भएको छ टिम्सको पैसा जम्मा बनाउने र एनटीबि पठाउने मात्र ।

आजसम्मका धेरै नेतृत्वमा गइसकेको र अब जानेहरु ले पनि त्यहि एउटै टिम्स रकम ल्याउछु र खर्च गर्छु भनिरहेका छन् तर सफल भएका छैनन् ! तपाइँलाइचाहिं कसरि मैले त्यो रकम ल्याउन सक्छु जस्तो लाग्छ ?
यो कुराहरु व्यक्तिमा फरक पर्छ , यहा भन्दा अगाडिको कार्यसमितिको साथीहरुले पनि कोसिस नगरेको त् हैन तर त्यो कोसिस कस्तो एजेण्डाको लागि भयो भन्ने कुराले पनि फरक पर्छ। मेरोचाहिं फरक छ म त्यो माग्ने बिरालोको हिसाबले एनटिबि मा छिर्दीन, टानको अध्यक्षको हिसाब ले म आफ्नो अधिकारको लागि जानेछु र हाम्रो प्रपोजल सुनुवाई नभएको खण्डमा हाम्रो अधिकार प्रयोग गरेर केहि कडा कदम पनि चाल्नेछु।

टिम्स रकम बाहेक अरु विकल्प छैन टान बिकास मा ?
मेरो बुझाइमा चाहिं टान एउटा स्वायत्त संस्था हो, यहा १८०० सदस्यहरु छन् जसले हरेक बर्ष रिन्यु गर्नुपर्ने हुन्छ। बार्षिक रुपमा ८२/८५ लाख त हाम्रो नेट इन्कम हुन्छ, यो बिकासको लागि सानो रकम हैन, त्यसैले टान कुनैपनि संघसंस्था को गुलाम भएर बस्नु पर्ने छैन , टानले थुप्रै कामहरु आफ्नो तर्फबाट पनि गर्न सक्छ र नेपाल सरकार संग पनि आफ्नो गतिलो प्रपोजल लिएर धेरै राम्रा कामहरु गर्न सकिन्छ टिम्स बिना नै । हो यहि टिम्स रकमको विकल्पको रुपमा चाहिं संगम शेर्पा हुन सक्ने मा जनमानासहरुलाई जानकारी गराउन चाहन्छु ।

आजको डिजिटल युगमा टान डिजिटलाइज भन्ने अवाधारणा आएको छ नि तपाई के भन्नु हुन्छ ?
टान डिजिटल युगमा पहिला नै लगभग प्रवेश गरिसकेको छ, तर यो डिजिटल टान प्राय शहरी क्षेत्रमा मात्रै प्रभावकारी देखिएको छ । त्यसलाई दुर दराजका गाउँ सम्म कसरि पुर्याउने भन्ने बारे मैले धेरै प्लानिङ्गहरु गर्दै छु ।

भिजिट नेपाल २०२० कति प्रभावकारी होला ?
पर्यटक मात्र हैन गुणस्तरीय पर्यटक भित्र्याउनु नै पनि सरकार को जिम्मेवारी हो। बरु २० लाख नै नहोला १५ लाख होला तर १५ लाख मात्रै पर्यटक को लागि पनि त हामीले आफ्नो आफ्नो ठाउमा उनीहरुलाई दीइने सेवा सुविधाहरु मा ध्यान दिनु पर्ने नि खै त्यो सब ? पर्यटकको लागि मात्र भनेर केहि त्यस्ता गतिला योजनाहरु देखिदैनन, नेपाल आफैमा एक प्राकृतिक सौन्दर्य भरिपूर्ण देश हो पहिला देखि नै नेपाल आफै तयार छ २० लाख पर्यटन भित्र्याउन तर सरकारले आफैले भिजिट इयर भनेर घोषणा गरिसकेपछि अति सामान्य कुराहरुको ख्याल गर्न पर्ने हो, आज सम्म गरेको छै अब गर्नको लागि समय एकदमै कम छ, त्यसैले यो पूर्ण रुपमा सफल हुनेमा संका लाग्नु स्वाभाविक हो। त्यस्तै धेरै निरास त नहौँ तर वास्तव मै भन्नु पर्दा नेपाल सरकारको नै भिजिट नेपाल २०२० प्रतिको कदम एकदमै शुन्य सरि छ तर सरकारको यो भिजिट इयर सफल बनाउने कदम मा हाम्रो तर्फ बाट दिने साथ् हामी दिनेछौ।

पर्यटन क्षेत्र मा शेर्पाहरु को भूमिका के हो ?
केहि समय अगाडी गुणस्तरीय पर्यटन भन्ने बित्तिकै शेर्पाहरु भन्ने नाम आउथ्यो।अहिले यस क्षेत्र बाट शेर्पा हरु लोप हुने अवस्था मा छन्। गुणस्तर पर्यटन मा शेर्पाहरु लाइ किन फेरी यस क्षेत्र मा नल्याउने शेर्पा मात्र हैन जति पनि सफल र गुणस्तरिय पर्यटन व्यबसायीहरु छन् उनीहरुलाई हामीले इग्नोर गर्न मिल्दैन उनीहरु भनेको पर्यटन को धरोहर हुन्, त्यसैले पर्यटन क्षेत्र मा पलायन हुदै गरेका दक्ष युवाहरु फिर्ता ल्याउन को लागि मेरो व्यतिगत र म शेर्पा पर्यटन व्यबसायी संघ मा पनि आवद्द भएको नाताले म भरपुर कोसिस गर्ने छु।

Facebook Comment

छुटाउनुभयो कि?