अमर प्रेमको निसानी ‘ताजमहल’ !

पर्यटन बजार२४ माघ २०७६, शुक्रबार मा प्रकाशित

अमर प्रेमको निसानी ‘ताजमहल’ !

माघ २४ काठमान्डौ। ताजमहल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए ।ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखीएको सिङ्गमर्मरको पातोहरूको ठुलो-ठुलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट, छोपिएको छ । केन्द्रमा बनाईएको समाधिस्थल आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छन् । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।

ताजमहल अकल्पनीय, मानिसले निर्माण गरेको सबैभन्दा सुन्दर संरचना र जीवनभर कम्तीमा पनि एकपटक पुग्नै पर्ने स्थानमध्येको एक हो । सर्वसाधारण हो वा विशिष्ट, ताजमहल पुग्नेमध्ये अधिकांशले उक्त उक्ति दोहो-याउँछन् । यो पनि एउटा कारण होला कि त्यस्ता अलंकारले भरिएको तिलस्मी लाग्ने ताजमहलबारेको अनुभव पढ्ने वा सुन्नेले एकपटक भ्रमण गर्ने सपना बुन्न थाल्छन् ।

फूलको बगैँचा
प्रवेशद्वारबाट छिरेपछि सबैभन्दा पहिले देखिने ठाउँ ताजमहलबाहिरको बगैँचा हो । सुन्दर फूलहरूले झकमक्क पारिएको उक्त बगैँचामा फोटो खिचाउने मानिसको भिड यस्तो हुने रहेछ कि आफन्तको हात समाइएको छैन भने फेरि भेटिन गाह्रो हुने । बगैँचाको चारैतिर निर्माण गरिएका भवनका भित्तामा कुँदिएका अक्षर अचम्मित बनाउने खालका छन् । हाम्रा पथप्रदर्शक ईश्वरका अनुसार भित्तामा कुँदिएका ती अक्षर इस्लाम धर्मावलम्बीको धार्मिक ग्रन्थ कुरानमा उल्लेखित अरेबिक लिपि हुन् । त्यो विशाल भित्तामा झन्डै ३६० वर्षपहिले त्यो लिपि कसरी कुँदियो होला भरेर प्रश्न गर्न बाध्य बनाउँछ । त्यसरी कलात्मक तरिकाले कुँद्ने शिल्पी कस्ता थिए होलान् भनेर सोचमग्न बनाउँछ ।

आलीसान मूल प्रवेशद्वार नाघेपछि देखिन्छ ताजमहल । र, त्यो क्षणमा अधिकांशको मुखबाट निस्कने आवाज हुन्छ वाह ! क्या गज्जब ताजमहल । त्यतिवेला साँच्चै एउटा स्वर्गीय अनुभव प्राप्त हुन्छ । त्यसपछि सुरु हुन्छ, पृष्ठभूमिमा ताजमहललाई राखेर आ–आफ्नो शैली र पोजअनुसारको फोटो खिच्ने क्रम । किनकि, ताजमहल संसारकै सबैभन्दा ‘फोटोजेनिक मनुमेन्ट’ मानिन्छ ।

क्यामरा आविष्कार हुनुअघि नै बन्यो ताजमहल
चाखलाग्दो तथ्य त के छ भने, ताजमहलको निर्माण (सन् १६३१–१६४८) हुँदा क्यामराको आविष्कारसमेत भएको थिएन । त्यसैले, एउटा उक्ति भन्ने गरिन्छ, यसका निर्माता शाहजाँहलाई भविष्यवेत्ताले भनेका थिए, ‘यस्तो संरचना बनाऊ, जसको तस्बिर लिनका लागि आविष्कार हुने क्यामराले समेत मरिहत्ते गर्नेछन् । यसले वास्तवमै ताजमहल फोटो खिच्नका लागि पो निर्माण भएको हो कि भन्ने भान पर्छ । ताजमहललाई एक फन्को लगाउन १०–१५ मिनेटमै पनि सकिँदो रहेछ । तर, चारै दिशातिर नजर घुमाउँदै फोटो खिच्दै जाँदा एक/डेढ घन्टा वा त्योभन्दा बढी समय पनि खर्चन सकिन्छ । तर, सिजनमा मानिसको चाप यति हुन्छ कि तपाईंले छिटो गरेर पनि सक्नुहुन्न । संयोगवश, हामी त्यहाँ सिजन सुरु हुनुभन्दाअघि नै पुगेका थियौँ । हामीले त्यो भिडलाई झेल्नु परेन । ताजमहलको सिजन मध्य कात्तिकदेखि फागुनसम्म मानिन्छ ।

अमर प्रेमको निसानी

ताजमहललाई अमर प्रेमको निसानीको रूपमा लिइन्छ । मुगल सम्राट शाहजाँहले अति नै मन पराइएकी साम्राज्ञी थिइन् मुमताज । उनको मृत्युले विरक्तिएका शाहजाँहले ताजमहलको निर्माण गरेका थिए । १७ वर्ष लगाएर तयार भएको यस सम्पदाको मूल भवनभित्र आज पनि शाहजाँह र मुमताजको समाधिस्थल छ । भ्रमणमा हामीले पनि उक्त समाधिस्थलको अवलोकन र परिक्रमा गर्‍यौँ । ताजमहल जति सुन्दर लाग्छ, त्यसको उत्पत्तिको कथा उत्तिनै मर्मस्पर्शी र विछोडको पीडाले भरिएको छ । मुख्य भवनको चारैतर्फ चार अग्ला टावर रहेका छन् । ती टाढाबाट हेर्दा सीधा लागे पनि नजिकै पुग्दा बाहिरतिर ढल्केजस्ता देखिने रहेछ । हाम्रा पथप्रदर्शकका अनुसार कुनै भवितव्य भएर ढलिहालेमा ती टावर मूल भवनतिर नढलून् भन्ने हेतुले त्यसरी निर्माण गरिएको हो रे ।

Facebook Comment

छुटाउनुभयो कि?