अमेरिकामा बिश्वकै ठुलो स्वामिनारायणको मन्दिर

पर्यटन बजार७ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

अमेरिकामा बिश्वकै ठुलो स्वामिनारायणको मन्दिर

जेठ ७, काठमाडौं । अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा विश्वकै ठूलो स्वामिनारायणको मन्दिर निर्माण गरिएको छ ।११ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण सम्पन्न भएको हो ।

उक्त मन्दिरको लागत १६ करोड डलर रहेको बताइएको छ भने मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वल को प्रयोग गरेर निर्माण गरिएको मन्दिरको एउटा हलमा मात्र १ हजार जना बसेर पुजा गर्न सक्ने बनाइएको छ । यो भन्दा अगाडी सबैभन्दा ठूलो मन्दीर तमिलनाडुको श्रीरंगम रहेको थियो यो ।

अक्षरघामको संयोजनमा अमेरिकाकै अन्य शहरहरु एटलांटा, ह्यूस्टन, शिकागो, लास एंन्जलस लगायत क्यानाडाको टोरन्टो मा समेत स्वामिनारायण मन्दिर बनेका छन।

Facebook Comment

छुटाउनुभयो कि?