अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए

पर्यटन बजार१७ चैत्र २०७५, आईतवार मा प्रकाशित

अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए

 चैत १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका छन्। दाहालले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकामा आफूले तीतो अनुभव गरेको बताए।

दाहालविरूद्ध अमेरिकामा तिलक श्रेष्ठले उजुरी हालेका थिए। ‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको त मलाई त्यहाँ जे पनि हुने रहेछ। केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल हाल्ने योजना रहेछ,’ दाहालले भने, ‘के मैले शान्ति सम्झौता गरेर अपराध गरें। संविधान निर्माणको नेतृत्व गरेर र देशलाई एकतावद्ध गरेर मैले के अपराध गरे?’

पत्नी सीताको अमेरिकी अस्पतालमा उपचार गरेर बिहीबार स्वदेश फर्किएका उनले अमेरिकास्थित नेपाली कांग्रेसको प्रवासी संगठनले निर्णय नै गरेर आफूविरूद्ध उजुरी हालेकाले त्यतातिर ध्यान दिन प्रमुख प्रतीपक्षी कांग्रेसको ध्यानाकर्षण गराए।

‘यस्ता मानिसहरू कसलाई प्रहार गर्दा अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा लागेका हुन्छन्,’ दाहालले भने, ‘ शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई प्रहार गर्दा त्यो सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ हुन्छ। त्यो एउटा प्रवृत्ति हो। हामीले त्यस्तालाई रोक्नुपर्छ।’

 

Facebook Comment

छुटाउनुभयो कि?