अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी

पर्यटन बजार१६ मंसिर २०७७, मंगलवार मा प्रकाशित

अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी

मंसिर १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ ।

मंसिर १० मा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ । पर्यटनमन्त्री योगेश भट्टराईले भने, ‘अहिलेलाई काठमाडौंबाट एउटा र दिल्लीबाट एउटा फ्लाइट सुरु गर्छौ । कस्ता यात्रुलाई आउन दिने के-के मापदण्ड हुने भन्ने दुई देशको उड्डयन निकायले तय गरेपछि अर्को साताबाट उडान सुरु हुन्छ ।’

चैत ११ यता नेपाल–भारत उडान रोकिएपछि यताबाट जाने र उताबाट आउनुपर्ने लाखौं यात्रु प्रभावित भएका छन् । मन्त्रिपरिषद्को नयाँ निर्णयपछि नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिनुपर्छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?