असफल राजनीति , सरकार  र बिग्रदो अर्थतन्त्र

पर्यटन बजार७ फाल्गुन २०७५, मंगलवार मा प्रकाशित

असफल राजनीति , सरकार  र बिग्रदो अर्थतन्त्र

रोशन खनाल , फागुन ७, काठमाडौँ  । सन १९१७ को अक्टोम्वर क्रान्ति पछी रसियामा समाजबादी दर्शनले मुर्तरुप लियो ,क्रमिक रुममा बिचार बिस्तारित हुँदै भियतनाम ,स्पेन आदि हुँदै छिमेकि चीन सम्म आइपुग्यो ।सन १९७७ को चीनको समाजबादी क्रान्ति पछि माओले सोभियत मोडेलको पञ्चबर्षिय योजना १९५३ देखि १९५७ सम्म लागु गरे ,फलस्वरूप आज चीन तेहि अर्थतन्त्रको  मोडेल र डिसेम्बर १९७८ देङ्ग सियोपिङगद्वरा प्रतिपादित  नीतिलाई लागु गर्दै आधुनिक चीनको अर्थतन्त्र ,सामरिक ,भूराजनीतिक र बैज्ञानिक चमत्कारमा आफूलाई उभ्यायको मान्न सकिन्छ । सोही राजनीतिक क्रान्ति र दर्शनलाई पथपर्दसक मान्दै नेपालमा माओबादि नेतृत्वमा दस बर्ष लामो युद्ध भयो र अन्तत सरकारमा आरोहण पनि भयो अहिले कम्युनिस्ट नेतृत्वको सरकार छ सरकारले चाहे जे पनि सहज स्थिति छ सरकार सग दुईतिहाईको बहुमत छ ।

आफू अनुकुलको कानुन ,नीति नियम र सिस्टम बनायर भ्रष्टाचार र दण्डहीनता बिरुद्व आक्रमक हुन सक्छ प्रतिपक्षले अबरोध गर्ला भन्ने बाहाना सुहाउने स्थिति छैन ।तर नि सरकार लाचार र परिणामहिन गन्तव्यको यात्रामा कुम्भकर्ण स्थितिको स्वप्नमा बेरियको छ ।  प्रश्न उठ्छ किन र तर जबाफ तेति असहज छैन किनकि माफिया र सम्प्रभान्त बर्गबाट घेरियको छ । देशको अर्थतन्त्र पश्चगमन उन्मुख  बिकराल अवस्थामा  सिर्जित भैरहेको परिबेस तथ्याङ्किय मापनबाट झल्किरहेको स्पष्ट छ । आयात र निर्यातको दुरि निकै झन झन फराकिलो हुदैछ । रेमिटेन्सबाट सञ्चित बिदेसी मुद्रा सञ्चिती आठ महिनाबाट लगातार घट्ने क्रममा  छ ।ब्यापारघाटा भयावह स्थितिमा छ ।कृषिप्रधान मुलुकमा कृषिजन्य उत्पादनमा समेत भारतमा आत्मनिर्भरता हुनेपर्ने स्थिति सिर्जना भयको छ ।यी सबै आर्थिक तथा सामाजिक सुचक असफल रास्ट्र उन्मुख मान्न सकिन्छ ।सन २०१२ मा प्रकासित पुस्तक व्ह्याई नेसन फेलमा टर्किका अर्थसास्त्री ड्यारन एक्मग्लु तथा बेलायतका अर्थसास्त्री जेम्स ए रबिन्सन  लेखछन जब राज्यमा रुल अफ ल को अबधारणालाई आत्मसात गरिन्न तब राष्ट्र असफल उमुख हुन्छ । नेपालको परिबेसमा राष्ट्र असफल उन्मुखको कारण नै बिधीको शासन अबज्ञा देख्न सकिन्छ ।देश माफिया र सम्प्रभान्त अपराधी र पहुचबालाको पकडमा छ। सफल राष्ट्रमा क्रान्ति प्राय युगमा एकपटक हुन्छ तर असफल राष्ट्रमा यो पट्कपटक दोहोरियको पाइन्छ ।फ्रान्सको राज्य क्रान्ति ,रसियाको अक्टोबर क्रान्ति ,चीनको जनयुद्ध तथा सास्कृतिक क्रान्ति यसका उदाहरण हुन तर नेपालमा २००७ साल पछी अनेकौ क्रान्ति र परिवर्तनका नाराहरु घन्काइय तर कुनै पनि क्रान्ति र परिवर्तनले जनताको स्तोरन्नती र सहजतालाई मूर्त रुप दिन नसकेको सहजै अनुमान लगाउन सकिन्छ ।

अर्थतन्त्रलाई सजिलै नियाल्दा नि  लगभग पाँच अर्बको हाराहारीमा कृषि तथा बनजन्री सामाग्री आयात छ भने निर्यात लाजमर्दो स्थितिमा छ ।यदि सरकारले राम्रो सुपरिबेक्षण र किसानलाई सहुलियत तथा बजार ब्यबस्थापनमा ध्यान दिने हो भने कृषिमा नि ब्यपारघाटाको दुरि भयाबह  देख्नु पर्ने थिएन ।समग्र अर्थतन्त्रमा बैंङ्किङ्ग क्षेत्र नाफामूलक देखिन्छ । ब्याजदर  निर्धारण  रास्ट्र बैङ्कको मापदण्डमा हुने हो तर यहाँ  स्प्रेड रेटको अनुगमन र सुपरिबेक्षणमा रास्ट्र बैंक आफै चुकेको देखिन्छ जतिखेर मन लाग्यो तेति खेर ब्याजदर बढउदा उधोगी र अन्य ब्यबसायीले आन्दोलन गर्नु परेको दृश्य पनी   देख्न पाइन्छ भने अर्को तर्फ सरकारी खर्चहरु समय सिमामा नहुदा र बिनियोजित बजेट पनि खर्च नहुदा तरलताको अभाव लामो समय देखी भोग्नु पर्या छ ।अर्थतन्त्र उत्पादनमुखी भन्दा नि बितरणमुखी छ । बिनियोजित बजेटको ठुलो राशि अनुत्पादक क्षेत्र  प्रशासनिक खर्च ,सामजिक सुरक्षा आदिमा लगानी हुन पुग्या छ यसरी अर्थतन्त्र ग्रीसको कर्जा संकट जसरी नजाकियला भनेर भन्न नसकिने स्थिति छैन ।सन २०१५ को भूकम्प पछि अर्थतन्त्रले इन्डोनेसिया झै नयाँ पुजी र आर्थिक सहयोगलाई नयाँ ढंगबाट परिचालन गरेर  क्रीयटिभ डिस्ट्रुक्सनको मार्ग पछ्याउनु पर्ने थियो तर त्यहाँ नि चुकियो । भ्रष्टाचारमा शुन्यसहनसिलता छैन एउटा बालिकाको  बलत्कार  र हत्याको दोषिलाई कानूनको अधिनमा ल्याउन राज्य असमर्थ देखिन्छ ।ठुला भ्रष्टाचारका मुद्द सुन काण्ड ,विमान खरिद प्रकरण आदिमा सरकार दोषीलाई कार्बाही गर्न आक्रमक हुनु पर्नेमा रक्षात्मक स्थितिमा आफ्नो बचाबमा ब्यस्त छ ।

हरेक क्षेत्र र सयन्त्र मुलुकमा निरीह साबित हुदैछ यसरी निरन्तर राज्य कमजोर र सिस्टम बिग्रेने क्रम निरन्तर जारी छ जसले गर्दा राज्य अराजक र क्रोनी क्यापिट्लिजममय देखिन्छ ।यसरी कम्युनिष्ट शासकको साम्यबादी दर्शनमा उदाउँदो माफियातन्त्र र बिग्रेको पूजिबाद अर्थात क्रोनी क्यापिटलिजमको उदण्ड  रोद्र रुपबाट भयभित हुनेपर्ने स्थिति छ ।प्रसिद्ध अमेरिकी अथर्सास्त्री नोरियल रोबिनिले यकपटक वाल स्ट्रेट जर्नलको अन्तरबार्तामा उल्लेख गरेका थिय कि पुजीवादी अर्थतन्त्र आफ्नो बोझ खप्न नसकी ढल्ने छ  ।लाग्छ अहिले सरकार र नेपाली जनताले समृद्धि खोजेको दुईतिहाई सरकार स्वप्न र सुषुप्ती अवस्थामा ब्यतित छ जब  कहिले जागृत अवस्थामा फर्किने हो कि यहि पटक तुरिय अवस्थाबाट सधैको लागि राजनितीबाट मोक्ष पाउने हो त्यो हेर्न सायद अब केही समय पर्खनु पर्ला ।लेखक अर्थशास्त्र तथा राजनीतीशास्त्रका बिध्यार्थी हुन 

Facebook Comment

छुटाउनुभयो कि?