अस्ट्रेलियामा मार्च १७ सम्म थपियो यात्रा प्रतिवन्ध, भिसा लागेर बसेका कयौं प्रभावित

पर्यटन बजार२४ मंसिर २०७७, बुधबार मा प्रकाशित

अस्ट्रेलियामा मार्च १७ सम्म थपियो यात्रा प्रतिवन्ध, भिसा लागेर बसेका कयौं प्रभावित

मङ्सिर २४, काठमाण्डौ।विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण बढिरहेको बेला केही सुरक्षित रहेको अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जान र विदेशी नागरिकहरुलाई स्वदेश फर्कन लगाउँदै आएको यात्रा प्रतिबन्ध आगामी मार्च १७ तारिखसम्म बढाएको छ।केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधिलाई थप तीन महिनासम्म बढाउने निर्णय भएको जानकारी दिए।

अस्ट्रेलिया सरकारद्धारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर चलनमा आए पनि अझै यसको चुनौती कायमै रहेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो।

अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो।यस प्रतिवन्ध अन्तर्गत ठूला पानी जहाजको अस्ट्रेलिया आवत जावत पनि अरू तीन महिनाका लागि बन्द हुने भएको छ। सरकारको पछिल्लो निर्णयबाट क्रुज यात्राका लागि तयार भएर बसेका कयैन पर्यटक यसवाट प्रभावित भएका छन्।

वायो सेक्युरीटी इमरजेन्सी कानून अन्तर्गत सरकारले यात्रा प्रतिबन्ध लम्ब्याएको हो। प्रतिवन्ध तीन महिना थपिएसँगै अब मार्च १७ अघि कुनै पनि अन्तर्राष्ट्रिय यात्री आउने या अष्ट्रेलियन नागरिकहरू कानुनले छुट दिएको बाहेक विदेश जाने कार्य रोकिने भएको छ।

संघीय सरकारको यो प्रस्तावलाई राष्ट्रिय सुरक्षा कमिटिले अनुमोदन गरिसकेको छ भने गभर्नर जनरल समक्ष बिहीबार पेश गरिनेछ। त्यहाँबाट स्वीकृत भएपछि यो कानूनका रुपमा लागू हुनेछ।

कार्यवाहक चिफ मेडिकल अफिसर प्रोफेसर पल केलीले अस्ट्रेलियनको स्वास्थ्यका लागि कोभिड फैलीन नदिन यो महत्वपुर्ण निर्णय भएको बताएका छन्। यो निर्णय भएसँगै १७ मार्च २०२१ अगाडि कुनै विदेशी यात्री अष्ट्रेलिया आउन पाउने छैनन्।यद्यपी विदेशमा रोकिएका अष्ट्रेलियन नागरिकलाई विभिन्न राज्यको कोटा अन्तर्गत स्वदेश ल्याइनेछ। केही विद्यार्थीलाई पाईलट प्रोजेक्ट अन्तर्गत आगमनको स्वीकृति दिइने भएको छ। यसका लागि सरकारी निकायबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ।

विगत दुई दिनदेखि अस्ट्रेलियामा कोभिडको केश शून्य छ। र यसलाई फैलन नदिन सरकार लागि परेको हो। यो निर्णयले भिसा लागेर बसेका कयौं नेपाली विद्यार्थीलगायत अन्य भिसामा विदेशमा रहेका प्रत्यक्ष प्रभावित हुने भएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?