आइतबार आएको हावाहुरीका कारण अर्बभन्दा माथिको बीमा दावी पर्न सक्ने बीमा कम्पनीको आंकलन

पर्यटन बजार१८ चैत्र २०७५, सोमबार मा प्रकाशित

आइतबार आएको हावाहुरीका कारण  अर्बभन्दा माथिको बीमा दावी पर्न सक्ने बीमा कम्पनीको आंकलन

चैत १८, काठमाडौं । आइतबार साँझ हुण्डरीको बितण्डामा परेको बारा, पर्सालगायतका क्षेत्र अर्बौको जनधनको क्षति भएको छ । भौतिक क्षति अर्बौको पुगेको स्थानीय बीमा कम्पनीहरुले जनाएका छन् ।  बीमा कम्पनीको शाखा प्रमुखहरुले १० डिजिट अर्थात अर्बभन्दा माथिको बीमा दावी पर्ने बताएका छन् ।

सयौं निजि कार, सार्वजनिक गाडीहरु सडकमा पल्टेको अवस्थामा रहेको, औद्योगिक क्षेत्रमा ठुलो क्षति पुगेको तथा गाउँ गाउँमा पशु चौपायाहरु समेत मरेकाले बीमाको दावी नसोचेको पर्न सक्ने चेतावनी दिएका छन् ।

बीरगन्जस्थित जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख धनन्जय थोकरले भने, ‘सडकभरि गाडी पल्टेका छन्, उद्योगहरु क्षतिग्रस्त छन्, गाउँ गाउँमा पशुहरु मरेका छन्, अर्बभन्दा माथिको बीमा दावी पने देखिन्छ ।’ उनले आफूहरु विहानैदेखि आफ्ना सेवाग्राहीहरुको बारेमा अपडेट लिइरहेको र साँझसम्म एउटा फिगर आउन सक्ने बताए । थो

उता, नेपाल इन्स्योरेन्स कम्पनीमा आज विहान कार्यालय खुल्ने बित्तिकै तीन वटा बीमा दावी परेको छ । शाखा प्रमुख गोबिन्दराज दाहालका अनुसार दुई वटा उद्योगको बीमा दावी परेको छ भने एउटा कुखुरा फार्ममा क्षति पुगेको भन्दै बीमा दावी परेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?