पर्यटन बजार१५ बैशाख २०७६, आईतवार मा प्रकाशित
बैशाख १५, काठमाण्डौ । डोमेस्टीक टुरिजम मार्ट “आन्तरीक पर्यटन मेला” डिटीएम भव्यताका साथ सम्पन्न भएको छ । आगामी बर्ष २०२० को फेव्रुअरी ६, ७ , ८ र ९ माघ २३,२४,२५० गते दोस्रो आन्तरीक पर्यटन मेला घोषणा गर्दै आन्तरीक पर्यटन मेला सम्पन्न भएको हो ।
राजधानी काठमाण्डौको भृकुटीमण्डपमा गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको थियो । मेला “पहिले देश अनि बिदेश” भन्ने मुल नाराका साथ बैशाख १३ र १४ गते भएको थियो। सरकारले घोषणा गरेको भिजन २०२० लाई सफल बनाउनका लागि मेला आयोजना गरिएको मेला संयोजक माधब प्रकाश सुबेदीले बताए ।मेला मात्र १ महिनाको तयारीमा सम्पन्न भएको जानकारी गराउंदै संयोजक सुबेदीले पर्यटन बर्ष २०२० को प्रि टार्गेटको रुपमा यस आन्तरिक पर्यटन मेलाको आयोजना गरिएको समेत जानकारी गराउनुभयो।
।
मेलामा स्टल राखेर २ दिन देखि अवलोकनकर्तालाई स्वागत गर्न बसेका धेरै ब्यबसायीहरु भने निराश देखिन्थ्ये । सोचे जस्तो अवलोकनकर्ता नआएको उनीहरुको गुनासो थियो ।
अवलोकनकर्ता नआउनुमा बिशेष कारण के होला भन्ने पर्यटनबजारले गरेको प्रश्नमा उत्तर दिँदै बजेट होलिडेज प्राइभेट लिमिटेडका सीइओ राम पाण्डेले छोटो समय र प्रचारप्रसारको कमीका कारण आगन्तुकहरुले पर्याप्त सूचना नपाएको बताउनुभयो ।
सोहि प्रश्न हामीले मेला संयोजक सुबेदीलाई पनि गरेका थियौं , जसलाई स्पष्ट पार्दै वहाँले आफुहरुले सोचे अनुरुप अवलोकनकर्ताले अवलोकन गरेको बताउनुभयो । छोटो समयको तयारी र पर्याप्त प्रचारप्रसार गर्न समय कम भएकोले अवलोकनकर्तामा केहि कमि आएपनि यस कार्यक्रमबाट आफुलाई आत्मसन्तुस्टी मिलेको र अर्को पटक को मेलामा आवश्यक तयारी पुरा गरेर अवलोकनकर्ताको संख्या बढाउनेमा आफु बिस्वस्त रहेको जानकारी गराउनुभयो
।
मेला समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केशीले राज्यले गर्नुपर्ने पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रको गन्तव्य नेपालले गरेकोमा प्रशंसा गर्दै नाम अनुसारको काम गरेकोमा धन्यबाद दिए । मेलाले सिंगो देशलाई एकत्रीत गर्ने काम गरेको उनले बताए ।
गन्तव्य नेपाल गु्रप तथा ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अबिरल ले मेला सफल बनाउन सिंगो पर्यटन क्षेत्रको साथ सहयोग प्राप्त भएको र आमसर्वसाधारणको हजारौको उपस्थीतीले आफुले गरेको कर्म सफल भएको भन्दै सबैमा धन्यबाद प्रकट गरे ।
मेलामा ७७ वटै जिल्लाका पर्यटकीय क्षेत्रबारे जानकारी, पर्यटन क्षेत्र सम्बद्ध जानकारीका साथै बिभिन्न कलासंस्कृतिको चिनारी प्रश्तुत गरिएको थियो । २ दिने मेलाको समापनपछिको कार्यक्रममा मेलामा उपस्थीत सबै ११२ मेलाका स्टलहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसका साथै स्वयंसेवकको रुपमा खटिएका फ्लाईटेक ईन्टरनेशनल एयरहोस्टेजहरुलाई प्रमाणपत्रसहित सम्मान गरियो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit