आजको मौसम पूर्वानुमानः हिमपातको सम्भावना

पर्यटन बजार२४ मंसिर २०७७, बुधबार मा प्रकाशित

आजको मौसम पूर्वानुमानः हिमपातको सम्भावना

मङ्सिर २४,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।महाशाखाले हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।यता, सुदुर पश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?