पर्यटन बजार१७ पुष २०७७, शुक्रबार मा प्रकाशित
पुस १७, काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
सन् २०२० अनि आयो सन् २०२१, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि सामाजिक दुरी कायम गरि र उच्च सतर्कताका साथ् सन् २०२१ को स्वागत गरिँदैछ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
बि। सं भने ईस्वी संवत भन्दा ५७ बर्षले अगाडी छ र जनवरी फेवरुवरि जस्ता १२ महिनाहरुले बर्ष दिनको घोतक गर्ने ईस्वी संवत हो भने बिक्रम संवतमा हाम्रा वैशाख महिनालाई नयाँ बर्षको पहिलो महिनाको रुपमा मनाउने गरिन्छ।
हरेक नयाँ बर्षहरुमा धेरैले केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछन तर ती धेरै जसो चाहहरु अनि वाचाहरु त्यतिकै तुहिएर जाने पनि गर्दछन्, भने कसैले सोचे अनुरुपको सफलता समेत हात पर्ने गर्दछन। यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् । शुभकामना !
यो पनि पढ्नुहोस !
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit