आज इन्द्रजात्रा,चाडपर्वले हामीलाई एकताको सूत्रमा बाँधेका छन्ः प्रधानमन्त्री

पर्यटन बजार१६ भाद्र २०७७, मंगलवार मा प्रकाशित

आज इन्द्रजात्रा,चाडपर्वले हामीलाई एकताको सूत्रमा बाँधेका छन्ः प्रधानमन्त्री

भदौ १६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन्।

आज इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै पर्वहरू एकआपसमा जोड्ने सांस्कृतिक पुँजी भएको बताएका हुन्।

“सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरू छन्,” उनले भने, “सरकारले यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र सम्वर्द्धन गर्ने नीति लिएको छ।”

नेपालीहरूबीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको उनको भनाइ छ।

यस्तै उनले यस महामारीका दुष्प्रभावहरूलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न अग्रसर रहेको बताएका छन्। सरकारको अग्रसरतामा साथ दिन प्रधानमन्त्री ओलीले सबैमा आह्वानसमेत गरेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?