आज थपिएका १,२२८ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

पर्यटन बजार१८ भाद्र २०७७, बिहीबार मा प्रकाशित

आज थपिएका १,२२८ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

भदौं १८,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १,२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ ।

आज (बिहीबार) काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन् । देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन् ।

आज कुन जिल्लाका कति संक्रमित थपिए ?
प्रदेश–१ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा ६ र सुनसरीमा २७ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रदेश–२ को धनुषामा ६४, पर्सामा ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १ र सर्लाहीमा १ सय ९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा ३ सय ५७, काभ्रेमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जना संक्रमित भेटिएका छन् ।

यस्तै गण्डकी प्रदेशको कास्कीका ३१, गोरखाका ५, तनहुँका ३, नवलपरासी पूर्वका ६, लमजुङ ९ र बागलुङका १ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना भेटिनेमा प्रदेश ५ को कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, बर्दियाका ५, बाँकेका ८ र रुपन्देहीका ५२ जना छन् ।

कर्णाली प्रदेशको कालीकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

सुदूरपश्चिमको अछाममा ६, कञ्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १० र बैतडीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?