पर्यटन बजार१ आश्विन २०७७, बिहीबार मा प्रकाशित
असोज १ ,काठमाडौँ ।आज असोज एक गते, विश्वकर्मा पुजा पनि मनाइँदैछ । विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ । खासगरी कलकारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ ।
विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानीनोक्सानी नहुने विश्वास छ । नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमको भनाई छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit