पर्यटन बजार९ बैशाख २०७६, सोमबार मा प्रकाशित
वैशाख ९, काठमाडौं । ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने नारासहित विश्व पृथ्वी दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ ।
अमेरिकाले सन् १९७० अप्रिल २२ मा विश्वमा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरि पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।
तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ ।पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit