आज साहित्यकार निमेष पौडेलको जन्मदिन, यही भ्यालेन्टाइनमा निस्किने छ तेस्रो उपन्यास

पर्यटन बजार९ कार्तिक २०७७, आईतवार मा प्रकाशित

आज साहित्यकार निमेष पौडेलको जन्मदिन, यही भ्यालेन्टाइनमा निस्किने छ तेस्रो उपन्यास

कात्तिक९,काठमाडौं । १९ वर्षकै उमेरमा आफ्नो पहिलो उपन्यास `फाइभ मन्थ्स्´बाट पाठकसामु परिचीत भएका निमेष पौडेलको आज जन्मदिन परेको छ । जनकपुरमा जन्मिएका निमेषले१२ वर्षको हुँदा काठमाडौं आए र काठमाडौंकै हेम्स स्कुलमा अध्यन गरेर एसएलसीमा उत्तीर्ण गरे । उनी ११ / १२ वर्षको उमेरदेखि नै साहित्यमा रुची राख्थे ।

उनले सानो उमेरमै नेपाली साहित्यको उपन्यास विधा लेखन सुरु गरेका छन् । उनको किताब फाइभ मन्थ्स बुलबुल पब्लिकेसनको बेस्ट सेलर पनि हो । त्यस्तै उनको अर्को उपन्यास फेब्रुवरी १४ ले पनि पाठकको मन जित्न सफल बनेको थियो।

अब अर्को पुस्तक पाठक ले पढ्न कहिले पाउने त भन्ने पर्यटन बजार को प्रश्नमा आफ्नो तेस्रो उपन्यास यही पुसभित्र निस्किने जानकारी दिए । पुस्तक त जेठ मै प्रकाशन गर्ने योजना थियो तर विश्व महामारी को रूपमा फैलिएको कोरोना र लक डाउन का कारण पुस्तक सार्वजनिक गर्न नसकेको उनी बताउँछन् ।

निमेष लाई आज परेको जन्मदिन र तेस्रो पुस्तकको लागि हाम्रो मुरी मुरी शुभकामना ।

Facebook Comment

छुटाउनुभयो कि?