आन्दोलनमा सहभागी पर्यटन ब्यबसायिहरु पक्राउ

पर्यटन बजार२२ माघ २०७७, बिहीबार मा प्रकाशित

आन्दोलनमा सहभागी पर्यटन ब्यबसायिहरु पक्राउ

माघ २२,काठमाडौं। उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा शान्ति पूर्ण आन्दोलन बिफल बनाऊन कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ प्रहरीले नेतृ अष्ठलक्ष्मी हितमान शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् ।आज आमहड्ताल गरेको समूहका धेरै नेता- कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै पर्यटन क्षेत्रका युवा नेताहरु गोपाल थापा ,नबराज अमगाई , अर्जुन सिम्खडा, भगवान थापा लगायत थुप्रै कार्यकर्ताहरु बिहानै नयाबजार बाट पक्राउ परेका छन्। अष्ठलक्ष्मी शाक्य लगायत पक्राउ नेता कार्यकर्तालाइ प्रहरीले महाराजगंज हिरासतमा राखेको छ।

Facebook Comment

छुटाउनुभयो कि?