आफ्नो धोति फुस्केको थाहा छैन , सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ -सञ्चारमन्त्री बाँस्कोटा

पर्यटन बजार१७ चैत्र २०७५, आईतवार मा प्रकाशित

आफ्नो धोति फुस्केको थाहा छैन , सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ -सञ्चारमन्त्री बाँस्कोटा

चैत १७ ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको बताएका छन।  रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारलाई पुर्वराजा ज्ञानेन्द्र शाहसंग तुलना नगर्न सचेत गराएका छन् ।

सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन् । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि गरे ।

उनले भने, “प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । केही पनि हुदैन । ज्ञानेन्द्रसँग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्ठभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्ठभूमि, निष्ठा, लक्ष, उद्देश्य , लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो । कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । २००७ साल देखि नै लडेर आएको छ ।  सधैँ यो कुरा किन उठाउनुहुन्छ ।  मलाई अच्चम लाग्छ । ”

उनले भने “प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोति फुस्केको थाहा छैन । सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ । ”

नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उनले आक्रोश पोखे ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?