इटहरीको मुक्तिधाम : आन्तरिक संगै बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै

पर्यटन बजार१९ चैत्र २०७५, मंगलवार मा प्रकाशित

इटहरीको मुक्तिधाम :  आन्तरिक संगै बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै

चैत १९, काठमाडौं । सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट संगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने देखिन्छ । नेपालकै नमुना घाटको रुपमा इटहरी बुढिगंगा मुक्तिधाटलाई लिन सकिन्छ । दैनिक जसो मुक्तिधाटको अवलोकन गर्न युवायुवतीहरुको भिड लाग्ने गरेको छ । मन्दिरको निमार्णमा करिब १० करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको अध्यक्ष हेम घिमिरेले बताए । सुनसरी भरि रहेका बिभिन्न धार्मीक स्थलको प्रतिक, श्रीकृष्णको लिला सम्पुर्ण श्रीकृष्ण मन्दिरमा देख्न सकिन्छ ।

धार्मीक पर्यटनको बिकासको लागी यहि चैत्र २३ गतेबाट हुने महामति प्राणनाथ प्राकट्य चतुर्थी शताब्दी अन्तराष्ट्रिय महामहोत्सबको तयारी पुरा भएको छ । धार्मीक महत्व बोकेको मुक्तिधामलाई नेपालकै धार्मीक पर्यटकियक स्थलको रपमा बिकास गर्न उक्त महामहाृेत्सबको आयोजना गर्न लागीएको हो । यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको मुक्तिधामको उदघाटन तथा महामहोत्सवको अवसरमा राष्ट्रपति बिद्यादेवि भण्डारी चैत्र २४ गते इटहरी आउने भएकी छिन् । सात दिन सम्म चल्ने कार्यक्रममा दैनिक २५००० हजार भन्दा बढि भक्तजनहरुको आगमन हुने र दश हजार भन्दा बढिलाई दैनिक आवशका साथै खानाको व्यवस्था रहेको जनाइएकाे छ । यो मन्दिरले इटहरीको मात्र नभएर नेपालको धार्मीक पर्यटनमा बिकास हुने देखिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?