पर्यटन बजार२७ फाल्गुन २०७५, सोमबार मा प्रकाशित
फागुन २७, काठमाडौं । इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु भएकी एक नेपालीको परिचय खुलेको छ।
उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्।
इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो। इथियोपियामा नेपाली दूतावास छैन। इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ।
अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।
इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए। विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit