पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित
पुस २६, काठमाडौँ।इन्डोनेसियाको गरुडा एयरलाइन्सले काठमाडौंमा नियमित उडान गर्न इच्छा देखाएको छ।इन्डोनेसियाको सरकारी ध्वजाबाहक गरुडाले नेपालसँग सिधा हवाई सम्पर्क स्थापना गर्नका लागि प्रक्रिया अघि बढाइसकेको छ।नियमित व्यावसायिक उडान गर्नका लागि दुई देशबीचमा हवाइ सेवा सम्झौता हुनुपर्छ। इन्डोनेसिया र नेपालबीच अहिलेसम्म यस्तो सम्झौता भने भएको छ।
सम्झौताका लागि दुई देशबीचमा प्रारम्भिक तयारी सुरु भएपनि सम्झौतामा हस्ताक्षर भएको छैन।
सम्झौता नहुँदासम्म गरुडाले नेपालमा उडान गर्न भने पाउँछ। उसले नेपालमा चार्टर्ड वा अन्य विशेष उडानका लागि अनुमति मागेमा दिनसकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit