पर्यटन बजार११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
फागुन, ११ काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका छन् । फोरके प्रविधिमा आधारित यो टेलिभिजन नेपालमै पहिलो भएको लामिछानेले बताएका छन् ।
उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।
यो टेलिभिजन च्यानलले ‘सारेगमप लिटिल च्याम्प’ चलाउने घोषणा गरेको छ। त्यस्तै भारतमा चर्चित र सफल बनेको हिन्दी रामायणको नेपाली भर्सन पनि चलाउने घोषणा यो टेलिभिजन च्यानलले गरेको छ।
घोषणा कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’ कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए। त्यस्तै भारतको सोनी टेलिभिजन च्यानलमा सुपर हिट बनेको ‘क्राइम पेट्रोल’ को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन्। त्यसैगरी पत्रकार तथा लेखक दिगविजय पाण्डे ले “सम्बन्ध” नामक कार्यक्रम चलाउनेछन भने कबि नवराज पराजुलीले “फरेबर ” नामक कार्यक्रम मार्फत देखिनेछन।
मोटिभेसनल स्पिकर रमेश प्रसाई समेत टेलिभिजनमा जोडिएका छन्। उनले “लालमोहर ” नामक टक सो लिएर ग्यालेक्सी टेलिभिजन मा जोडिन पाउँदा अत्यन्तै खुशी लागेको बताए। त्यस्तै कार्यक्रम “आविस्कार” मार्फत महाबिर पुन पनि टिभी मा जोडिने छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit