उदयपुरको क्रसर उद्योगमा वम बिस्फोटन

पर्यटन बजार३० मंसिर २०७७, मंगलवार मा प्रकाशित

उदयपुरको क्रसर उद्योगमा वम बिस्फोटन
 बिजय कार्की मंसिर ३०, उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गमा रहेको क्रसर उद्योगमा सोमबार राती अज्ञात समुहले दुई वटा वम बिस्फोटन गराएको छन । ६ जनाको संख्यामा आएका अज्ञात समुहले राती १०ः१५ बजे दकञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा वम विस्फोट गराएको हुन ।
विस्पोटनबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको छ । मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्पोटन गर्नु पुर्व सुरक्षागार्ड कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रतिकार गर्न खोज्दा तामाङ्गमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । विस्पोटनबाट उद्योगको करिव १० लाख बराबरको धनमालमा क्षति र बिस्फोटनसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगोलगाउने प्रयास गर्दा स्थानीय आएपछि छोडेर भागेको सुरक्षागार्ड कर्णबहादुरले बताए । सुरक्षागार्ड कर्णबहादुरले भने, ‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधी खोजी गरेका थिए, राती अकास्मात आएर मलाई पेस्तोल र खुकुरी देखाए प्रतिकार गर्न खोज्दा कुटपिट गरे ।’ बिस्फोटन भएको वम सुतली र सकेट हुन सक्ने प्रहरी जनाएको छ ।
उदयपुरमा एक महिनाको समयमा सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्र र ताप्लि गाउँपालिकालाई लक्षित गरी अज्ञात समुहले वम बिस्फोटन गराएका थिए । उता उदयपुरका प्रहरी प्रमुख (एसपी) भिम दाहालले प्रहरीले सक्रियता बढाएको बताएता पनि जिल्लामा अज्ञात समुहले वम बिस्फोटन गराउन छोडेका छैनन् ।
Facebook Comment

छुटाउनुभयो कि?