पर्यटन बजार३१ श्रावण २०७७, शनिबार मा प्रकाशित
साउन ३१,काठमाण्डौ। काठमाडौं उत्यकामा ९८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि भएको जनाए।
संक्रमितमध्ये काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जना छन्।उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
आजैमात्र कोरोनाका चार सय ६८ जना संक्रमित भेटिएका छन्। यीसहित अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit