उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म बढाउन सिफारिस

पर्यटन बजार९ भाद्र २०७७, मंगलवार मा प्रकाशित

उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म बढाउन सिफारिस

भदौ ९ , काठमाडौँ। जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी तुलसीराम पौडेलले बताए।

उनका अनुसार सो सिफारिसबारे औपचारिक निर्णय हुन बाँकी नै छ। सो सिफारिसबारे आवश्यक निर्णय लिन अहिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ।

सिफारिस लागू भए अब एक साता अर्थात् भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा कायम रहन्छ। निषेधाज्ञा कार्यान्वयन भएको बुधबार एक साता हुँदैछ। ‘सबै मेयर साबहरूले निषेधाज्ञाले कोरोना संक्रमणलाई रोक्न फाइदा पुगेको भन्दै समय थप गर्न सिफारिस गर्नुभएको छ,’ पौडेलले भने।

Facebook Comment

छुटाउनुभयो कि?