एक यस्तो नाइट क्लब, जहाँ संस्कृत भजनमा नाचिन्छ

पर्यटन बजार२९ भाद्र २०७७, सोमबार मा प्रकाशित

एक यस्तो नाइट क्लब, जहाँ संस्कृत भजनमा नाचिन्छ

भदौ २९, काठमाण्डौ।  ब्यूनर्स आयर्स-नेपालका नाइट क्लबमा मानिस नेपाली लोक गीत, हिन्दी गीत आदिमा नाच्छन् । के तपाईले यस्तो नाइट क्लब देख्नु भएको छ, जहाँ मानिस संस्कृत भजनमा नाचिरहेको देख्न सकिन्छ ।

यो देशको नाम हो अर्जेन्टिनामा । यसको राजधानी ब्यूनर्स आयर्समा ग्रोव नामको एक एक नाइट क्लब छ । जहाँ मानिस हिन्दी, लोक गीत होइन संस्कृत भजनमा नाच्ने गर्छन् । यहाँ गणेश शरणम, गोविन्दा–गोविन्दा, जय–जय राधा रमन हरी बोल र जय श्री कृष्ण जस्ता भजन बज्ने गर्छ ।

अर्जेन्टिनाको यो नाइट क्लब लगभग सबै चिजमा अनौठो खालको छ । ब्यूनर्स आयर्सको यो नाइट क्लब सानोतिनो नाइट क्लब होइन । यहाँ एकै पटकमा करिव ८०० मानिस नाचिरहेको देख्न सकिन्छ ।

यो नाइट क्लबमा न त रक्सी पाइन्छ न त मानिसले धुम्रपाननै गर्ने गर्छन् ।
यहाँ ड्रग्स र माछा–मासु पनि प्रतिबन्धित छ । यहाँ केवल हलुका पेय पदार्थ, फलपूmलको जुस र शाकाहारी खाना मात्रै पाइन्छ । यहाँ भजन गाउने रोड्रिगो भन्छन्,“यहाँ मन्त्र, योग, ध्यान, संगीत र नृत्यको माध्यमबाट देहको आत्मासँग सम्बन्ध स्थापित गरिन्छ ।”

Facebook Comment

छुटाउनुभयो कि?