पर्यटन बजार७ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित
जेठ ७, काठमाडौं । कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् ।
मंगलबार बिहान ६:३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनी अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पुगेका थिए ।
श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगलबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ ।
बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा छन् । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit