एन्टाले अष्ट्रेलियामा मनायो होली

पर्यटन बजार४ चैत्र २०७५, सोमबार मा प्रकाशित

एन्टाले अष्ट्रेलियामा मनायो होली

चैत ४, सिड्नी । अस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराईइन अस्ट्रेलिया “एन्टा”ले १० औं वार्षिकोत्सवका अवसरमा भव्य रूपमा होली पर्व “फागु” मनाएको छ। ‘एन्टा१० औं वार्षिकोत्सवसँग ‘होली हंगामा’ नामक साँस्कृतिक कार्यक्रम रङ, अविर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ।

अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा विभिन्न भाषा भाषिका मनोरञ्जनात्मक कार्यक्रम समेत रङको टिकामार्फत् शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीकोसाझा पर्व भएको सन्देश दिइएको थियो।

कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल पहाडतराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव गरेको सुनाए।  कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। नेपालबाट रमेशराज भट्टराई, डोली सरकार र सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूकोसहभागिता रहेको थियो। कार्यक्रम नेपाली, मैथिली, भोजपुरी र अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्नेकलाकारहरूले पनि मैथिली, भोजपुरी र नेपाली भाषाका शब्दहरूमा गीत संगीत प्रस्तुति दिएका थिए।

कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सवभएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको सुनाए।

कार्यक्रमकोप्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले रङको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए। मुख्य प्रायोजककोतर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबट सनत गुप्ताले एन्टालाईसहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताए।

Facebook Comment

छुटाउनुभयो कि?