पर्यटन बजार३१ बैशाख २०७६, मंगलवार मा प्रकाशित
वैशाख ३१, काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले सकस राजनीति”भन्ने एभिन्युजको कार्यक्रम संचालक शुसिल पाण्डे को रुखो र अमर्यादित शैलि र उपप्रधानमन्त्री उपेन्द्र यादवको दम्भ र गैर जिम्मेवार हर्कत दुबै लोकतन्त्रको अतिस्वछन्दता प्रबृति भएको बताएको छ । पुनरुत्थानवादी शक्ति नेपालका नेता नेता शेखर जंग रायमाझीले समाजवादी पार्टीको कार्यकर्ता बाट आएको धम्की र एभिन्युजको बिरगन्ज कार्यालय तोडफोड निन्दनिय कार्य भएको बताएका हुन् ।
पुनरुत्थानवादी शक्ति नेपालले संधै यि र यस्ता कार्यको सदा भर्त्सना गर्ने सभ्य र सुसंस्कृत आचरणको पक्षमा वकालत गर्दै आएको स्मरण नेता रायमाझीले गराए ।
उनले भने ” गणतान्त्रिक लोकतन्त्र हाम्रो मुलुकमा असफल सावित हुँदैछ।अब नेपालको राष्ट्रिय झण्डाको मुनि हामी आम नेपाली गोलबद्ध भइ नेपालको लागि नेपाली तन्त्र “पुनरुत्थानवाद”को अवधारणा अनुसार राजाको विवेक, अदालतको न्याय, सेनाको शक्ति र समुदाय/वर्गको प्रतिनिधित्व भएको निति निर्माण सभाको शासनको लागि आव्हान गर्दछौं।”
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit