एशियाकै ठूलो , पाकडी बृक्ष

पर्यटन बजार१५ असार २०७७, सोमबार मा प्रकाशित

एशियाकै ठूलो , पाकडी बृक्ष

असार ११, काठमाडौं। बाह्रै महिना हराभरा। बातावरण सफा, सुन्दर अनि रमणिय। देवदहमा बर्षौ देखी सतीसाल झै ठिङ्ग उभिएको छ एउटा बृक्ष, जुन बृक्ष अलौकिक छ र उत्तिकै बिशाल पनि । त्यसैले त यस वृक्षलाई “The Tree Of Heaven” को उपमा दिईएको छ। वृक्ष वरपरको स्थान, यस वृक्षकै नाम “पाकडी” बाट राखीएको स्थानिय बताउँछन ।

यो वृक्ष मात्र एउटा जराबाट थुप्रै हागाहरु फैलिएको छ । यहि पाकड़ी बृक्ष हेर्न दिनहुँ पर्यटकहरु ओईरिन्छन ।रुपन्देहीको देवदह नगरपालिका वडा न. ८ मा रहेको यो वृक्ष हेर्नका लागि स्वदेसी तथा विदेशी पर्यटकहरु वर्षेनी हजारौंको हाराहारीमा आईरहन्छन् । वृक्षको छहारीमा बसेर आत्मसन्तुष्टि लिनका लागि पनि दिनहु मानिसहरुको घुईचो बढेको पाइन्छ । विशेष गरि यो बृक्षमा आन्तरिक एवं बाह्रय बुध्धिस्टहरु अवलोकन भम्रणमा आउने पर्यटकका कारण पाकड़ी तथा देवदह क्षेत्रमा पर्यटकको संख्या बढेको पाकडी बृक्षको रेखदेखमा खटिएका कर्मचारी थमन कुवरले बताए।

नेपालको मात्र होईन एशियाकै ठूलो वृक्षको रुपमा यस्लाई लिइन्छ। पाकडीको वृक्ष पुर्व पश्चिम महेन्द्र राजमार्गको शितलनगर चोकदेखि २ कि.मी. दक्षिणमा छ देवदह।हो यहि छ पाकडी बृक्ष। रहस्य नै रहस्य भेटिन्छन यो रुखमा । रुखको हागाहरुबाट कतै गणेश भग्वानको सुँड कतै विभिन्न भगवानका रुप बनेका देख्न सकिन्छ । यस्तै अन्य अनौठा आकृति देख्ने भएकाले पनि यस प्रती सबैको चासो बढ्न थालेको छ । ८२ फिट अग्लो अर्थात करिब ३० मिटर उचाई र झण्डै ३० मिटर नै परिधि भएको यस वृक्षले चार कट्ठा क्षेत्रफल ओगटेको छ ।

झन्डै १ कट्ठा क्षेत्रफलमा फैलिएको पाकडी वृक्षलाई साक्षी राखेर प्रेम प्रस्ताव राखे प्रेम सफल हुन्छ भन्ने जनबिश्वास रहेको स्थानीय वासी रमेश पाण्डे ले पर्यटन बजार लाई जानकरी दिनुभयो ।

शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र अर्थात रुपन्देहीको देवदह । वौद्ध ग्रन्थका अनुसार बुद्धको मावली मात्र होइन श्रीमती यशोधराको माइती अर्थात बुद्धको ससुराली पनि हो देवदह ।महामानव गौतम बुद्धको जन्म र यस वृक्षको जन्म एकै समयमा भएको देखिएकोले यस वृक्षको ईतिहास पनि २५ सय बर्ष पहिलेकै भनेर बिश्वास गरिन्छ । ऐतिहासिक महत्व बोकेको यस वृक्षमा कुनै पनि चरा चुरुङीले गुड नलगाउने तथा हात्ती पनि नजिक नजाने बिशेषता रहेको छ।

वृक्षमा देख्न सकिने बिभिन्न देविदेवताहरुका धार्मिक आकृतिहरुका आधारमा धार्मिक मान्यता अनुसार पुजा अर्चना पनि गरिन्छ । रुखलाई हानी पुर्याए दखल पुर्याउने भन्दै कसैको पनि यस वृक्षको हागाहरु काट्न हिम्मत गर्दैन्न। बौद्धग्रन्थहरुमा उल्लेख भए अनुसार तत्कालिन समय गौतम बुद्धबाट हालको यसै पाकडी वृक्ष भएको स्थानमा होमखाडी बनाएर यज्ञ गरेको तथ्यहरु देखिनुले सो यज्ञ गरिएको स्थानमा नै पाकडीको वृक्ष उम्रेको र यो बुद्धसंग सम्बन्धित रहेको पुष्टि हुन्छ ।

लुम्बिनी मा आउने पर्यटक को बसाई लम्ब्याउने हो भने देबदह मा रहेका अन्य स्थान र पाकडी बृक्षको प्रवर्द्धन र संरक्षण गर्नु अत्यन्त जरुरि रहेको छ। पाकारी यति घना र सुन्दर छ कि रुपन्देही को ४० डिग्री को गर्मीमा पनि शितल प्रदान गर्दै सबैलाई मनमोहक बनाइ दिन्छ। आन्तरिक पर्यटक मुश्किल ले पाकरि मा पुग्ने गरेका छन् , एकपटक त्यहाँ पुग्ने जोकोही मोहित बन्छन र बारम्बार जाने इच्छा राख्छन।

Facebook Comment

छुटाउनुभयो कि?