ओझेलमा परेको नारायणेश्वर महादेव

पर्यटन बजार१३ भाद्र २०७७, शनिबार मा प्रकाशित

ओझेलमा परेको नारायणेश्वर महादेव

भदौ १३, काठमाडौँ । काठमाडौँको राजधानीदेखि १८ किमि टाढा उत्तरपूर्वमा अवस्थित साँखु सालिनदीदेखि करिब ३ किलोमिटर उत्तरमा रहेको सालिनदीको मुहान लप्सेफेदीको वडा नं. ५ अवस्थित श्री नारायणेश्वर महादेव स्थान श्री स्वस्थानीमा आधारित पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत पूजा गरेको ६४ लिङ्ग मध्ये ३३ सौँ स्थानमा पर्दछ ।

साँखुको पुरानो तिर्थस्थल भएर पनि ओझेलमा रहेको नारायणेश्वरमहादेवस्थान अर्थात् महाद्यः झ्वाल्लामाआगामी बैशाख १गते विशेष मेलालाग्ने भएको छ। नारायणेश्वर महादेव ६४ लिंगहरुमध्ये एकलिंग भएको हुँदायहाँ भक्तजनहरुको भीडभाडसमय समयमा हुनेगर्दछ ।

धार्मिक महत्वले भरिपूर्ण यस स्थान प्राकृतिक सौन्दर्याताको हिसाबले नि उत्तिकै भरिपूर्ण छ। काठमान्डौको कोलाहल भन्दा थोरै मात्र टाढा वरिपरिको हरियाली जंगल, चराहरुको चिरबिर चिरबिर, झरनाहरुको झर झर सँगै स्वस्छ खोलाको कल कल आवाजले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउछ। त्यसैले यस स्थान आजकाल प्रकृतिप्रेमीको रोजाइमा पर्न थालेको छ।

किम्बदन्ती अनुसार र यहाँका अग्रजका भनाई अनुसार श्री स्वस्थानीमा लेखे अनुसार शीव शर्मा ब्राम्हणले ७ वर्षको गोमा ब्राम्हणीलाई विवाह गरी आफ्नो घर शीव शर्माको घर यही नजिक पर्दछ ।

गोमालाई विवाह गरेपश्चात् एकदिन म त महादेव हुँ यसरी मानवरुपी शीव शर्मा बनेर बस्न हुन्न कैलास जानुप¥यो भनी मानवरुपी महादेव शीवशर्मा आफ्ना पत्नी गोमालाई म खानको लागि केही अन्न मागेर ल्याउँछु भनी हिँडेपछि यसै नारायणेश्वरमा पुगी बिहानको स्नान सकेपछि पूजाको लागि फल टिप्छु भनी रुख चढेर फुल टिप्न खोज्दा रुखको हाँगा भाँची शीवशर्मा ब्राम्हणको देह त्याग भएको ठाउँ भनिन्छ ।

यहाँ गोमा ब्राम्हणी आफ्नो स्वामी फर्की आउने बाटो हेर्दैै आफ्नो जीविकोपार्जनको लागि बत्ति काट्दै दिन गएको पत्तै भएन र नवराज छोरा ठूलो भएपछि सधैँ आमा मात्र बसिरहेको छ भनी सोचेर आफ्नो आमा गोमासँग सोधेछ । गोमाले पनि विगतका दिन सम्झेर भनेछ हो केही वर्ष पहिला मलाई विवाह गरी मलाई यो घर हाम्रो हो तिमी बस्दै गर्नु म केही अन्न मागी ल्याउँछु भनी जानु भएको तिमी यत्रो भईसक्यौ । आज सम्म फर्कनु भएको छैन भने पछि नवराजले अब म ठूलो भएँ म गएर बाबा लाई खोजी ल्याउँछु भनी निस्केर सालिनदी तीरै तीर जाँदा यस नारायणेश्वर स्थानमा पुगी त्यहाँ तपस्या गरी बस्ने तपस्वी महात्मासँग सोध्दा हो केही वर्ष अगाडि शीवशर्मा नाम गरेका महात्मा यही नारायणेश्वर महादेव कुण्डमा स्नान गरी पूजा गर्न भनी फूल टिप्न रुख चढ्दा हाँगा भाँचि उहाँको देह त्याग भयो भनेपछि नवराज त्य रुखको मुनी हेरी आफूले बाबा खोज्न आएको र बाबाले देह त्याग गर्नुभयो भनी आँखाबाट बलिन्द्रधारा आँसु खसाल्दै कुशको प्रतिमा बनाई सेलाएर त्यही नारायणेश्वर महादेव कुण्डमा स्नान गरी पूजा गर्न लाग्दा हरीहर प्रकट भई भनेछ हे नवराज तिमी लावण्य देश जाउ त्यहाँको राजा तिमी हुने छौ भनी वरदान पाएपछि नवराज लावण्यदेशको राजा बनी आनन्दले बसे ।

नारायणेश्वरदर्शनका लागि विभिन्नस्थानहरुबाट भक्तजनहरु आइरहने भएतापनिविशेष व्यवस्था नहुँदायस स्थानमा जानसमेत कठिनाई भएकोले, यस तीर्थ स्थलकोसंरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार समेत गरिनेगरि नारायणेश्वर सुधारसमितिले काम गरिरहेकोछ ।

अर्को किम्बदन्ती 

परापूर्वकालमा यस कुण्डमा नुहाईवरिकुनै पनि शुभकार्यकोलागि आवश्यक भाडावर्तनकोलागि सहयोग माग्दा भगवानले पठाइदिने र पछिफिर्ता गर्ने प्रचलन रहेको यस कुण्डमा एकपटक एकजना भक्तजनले जुठै भाँडा भगवानलाई बुझाउन पुग्दा त्यत्तिबेलादेखि सोकुण्डमा स्नान गरेर भाँडावर्तनकोलागि पुकारा गर्दापनि भगवानले दिनछाडेको भनाई प्रसिद्धरहेको छ । त्यस्तै यस कुण्डमाठूलो स्वरले कराउँदासमेत खोलामा रहेकोझरनाको कारण स्वरसानो भई नसुनिनेभएको हुँदा भगवानलाईठूल ठूलो स्वरमापुकारा गर्नुपर्ने भएकोले वैरोमहादेवबाट वैरमहादेव भएको कथनपनि सुन्नमा आउँछ।

यस स्थान नारायणेश्वरले मात्र प्रख्यात छ भने अहिले खोजीको क्रममा प्राकृतिक मूर्तिहरु पनि फेला परेको छ र खोजी गर्ने क्रम जारी छ ।

Facebook Comment

छुटाउनुभयो कि?