ओझेलमा २६ सय बर्ष पुरानो र ठुलो ऐतिहासिक पाकरी वृक्ष

पर्यटन बजार१ भाद्र २०७६, आईतवार मा प्रकाशित

ओझेलमा २६ सय बर्ष पुरानो र ठुलो ऐतिहासिक पाकरी वृक्ष

भदौ १ ,रुपन्देही । प्राचीन कोलिय राज्यको राजधानी देवदहमा रहेको ऐतिहासिक पाकरि वृक्ष एसियाकै ठुलो रुख मानिन्छ । करिव २६ सय बर्ष पुरानो पाकरी प्रचारप्रसार र उचित ब्यवथापनको अभावमा ओझेलमा परेको छ ।बौद्धकालिन मानिने यस् वृक्षमा हात्ती नजिक नआउने , चराले गुड नलाउने र वृक्षमा एक तर्फको पात झर्दा अर्को तर्फको पात पलाउने कारणले वृक्ष सधै हरियो देखिने गरेको छ ।

झन्डै १ कट्ठा क्षेत्रफलमा फैलिएको पाकरी वृक्षलाई साक्षी राखेर प्रेम प्रस्ताव राखे प्रेम सफल हुन्छ भन्ने जनबिश्वास रहेको स्थानीय वासी रमेश पाण्डे ले पर्यटन बजार लाई जानकरी दिनुभयो । देवदह भगवान गौतम बुद्धको मावलि रहेकाले बुद्ध मावलि आउदा उक्त पाकरी वृक्ष मुनि बसेर ध्यान गरेको किवद्न्ती रहेको छ । पुर्व पश्चिम् राजमार्गमा पर्ने खैरेनी चोकबाट लगभग २ कि,मि ग्राभिल सडक हुँदै पाकरी पुग्न सकिन्छ।

भगवान बुद्धको जन्मकालिन मानिने पाकरी वृक्ष संरक्षणको अभावमा जिर्ण र बोटको क्षति हुँदै गएको छ । भगवान गौतम बुद्धको जिवनिसंग सम्बन्धित यो पाकरि वृक्ष संरक्षण र सम्बर्द्धनमा लुम्बिनी विकास कोष र राज्यले खासै ध्यान नदिएको प्रति स्थानीय को गुनासो रहेको छ । यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकियो भने देवदह संग संगै सिङ्गो देशकै पर्यटन फस्टाउने देखिन्छ ।

लुम्बिनी मा आउने पर्यटक को बसाई लम्ब्याउने हो भने देब दह मा रहेका अन्य स्थान र पाकारी बृक्षको प्रवर्द्धन र संरक्षण गर्नु अत्यन्त जरुरि रहेको छ। पाकारी यति घना र सुन्दर छ कि रुपन्देही को ४० डिग्री को गर्मीमा पनि शितल प्रदान गर्दै सबैलाई मनमोहक बनाइ दिन्छ। आन्तरिक पर्यटक मुश्किल ले पाकरि मा पुग्ने गरेका छन् , एकपटक त्यहाँ पुग्ने जोकोही मोहित बन्छन र बारम्बार जाने इच्छा राख्छन।

सोचौं त यहाँ अन्तराष्ट्रिय पर्यटक आए भने २६ सय बर्ष पुरानो बृक्षको महत्व अन्तराष्ट्रिय स्तर मा पुग्न सफल हुन्छ र देबदह , लुम्बिनी को महत्व अझै कति बढ्ला ।

 

Facebook Comment

छुटाउनुभयो कि?