पर्यटन बजार२६ कार्तिक २०७७, बुधबार मा प्रकाशित
कात्र्तिक २६,काठमाडौ। कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा एवं विकल्प प्रदान गर्ने क्रममा सम्पूर्ण टिकट श्रेणीमा नयाँ एवं सरल टिकट विकल्पहरु ल्याएको छ । आजबाट कतार एयरवेजले ६ श्रेणीमा टिकटहरु वितरण गर्नेछ ।
विभिन्न प्रकारको टिकट अनुसार यात्रुले विभिन्न सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणी माथिको टिकट खरिदमा थप ५ किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् ।
इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधा स्वरुप आफूले इच्छाएको सिट छनौट गर्ने पाउनेछन् भने इकनमी कम्फर्ट वा बिज्नेस इलाइट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र बिना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् । त्यसैगरी सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit