कथित लोकतान्त्रिक अनैतीक सत्ता समुल नस्ट नगरे मुलुकलाई ठलो क्षति – नेता रायमाझी

पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित

कथित लोकतान्त्रिक अनैतीक सत्ता समुल नस्ट नगरे मुलुकलाई ठलो क्षति – नेता रायमाझी
 चैत २६, काठमाडौँ। पुनरुत्थानवादी शक्ति नेपालले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै घोर आपत्ति जनाएको छ  ।
 
पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीहिन्दुराष्ट्र पुनःस्थापना,,राष्ट्रिय अखण्डता, भ्रष्टाचार अन्त्य र चर्को मुल्यबृद्धि नियन्त्रणको माग राखि राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपुर्ण धर्ना कार्यक्रम राखेकोमा सत्ताले ब्यापक प्रशासनिक दमन , धरपकड तथा अन्धाधुन्ध लाठिचार्ज,अश्रुग्याँस प्रहार समेत गरि निरङ्कुश चरित्र देखाएको बताउनुभयो ।
 
पुनरुत्थानवादी शक्ति नेपालले यो दमन कार्यको घोर निन्दा एवंम भत्सर्ना गर्दछ।नेता शेखर जंग रायमाझीले राजतन्त्र पुनरुदयको प्रथम लक्ष साथ उक्त पार्टीको आन्दोलनलाई सघाउन सम्पुर्ण आम सर्वसाधारणमा अपिल गर्दै यो राष्ट्रघाती, जनघाती भ्रष्ट कथित लोकतान्त्रिक अनैतीक सत्ता समुल नस्ट नगरे मुलुकलाई ठलो क्षति पुग्ने बताउनु भयो।
 
Facebook Comment

छुटाउनुभयो कि?