पर्यटन बजार१३ जेष्ठ २०७६, सोमबार मा प्रकाशित
ठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवको बन्दलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन्। सोमबार विराटनगरमा मोरङ उद्योग व्यापार संघको ६४ औं वार्षिक साधारण सभा उद्घाटन गर्न पुगेका बेला विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सरकारले विप्लवलाई चैतसम्ममै सकाउने भन्ने कुरा थियो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘मैले बुझेसम्म सायद बन्द प्रकारान्तरले वार्ताकै वातावरण बनाउनका लागि गरेको हो कि, मैले त्यसरी बुझेको छु।’
सरकारले प्रतिवन्ध लगाएर वार्ताको वातावरण भाँड्यो नि भन्न प्रश्नको जवाफमा प्रचण्डले भने, ‘वार्ताका लागि प्रतिबन्धले छेक्दैन।’सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ ।
राजनीतिक स्थिरता आएको उल्लेख गर्दै उनले एकदुई घटना हुँदैमा राजनीतिक स्थिरता छैन भन्नु उचित नभएको दाबी गरे। ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने
विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको तर्क गर्दै उनले जनता र राष्ट्रको आवश्यकता नै शान्तिपूर्ण राजनीति भएकोले मिलेर अघि बढ्नुपर्ने बताए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit