कर्फ्युका कारण ललितपुर सुनसान, बजार पूर्णरुपमा बन्द

पर्यटन बजार१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

कर्फ्युका कारण ललितपुर सुनसान, बजार पूर्णरुपमा बन्द

 भदौ १९,ललितपुर । आज बिहान ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरमा कर्फ्यु लगाइएको हो।

बिहानै देखि लगाइएको कर्फ्युका कारण आज ललितपुरको शहरी क्षेत्र सुनासान छ । सुरक्षाकर्मीका र अत्यआवश्यक सवारी साधनहरु चले पनि अन्य सवारी चलेका छैनन् । बजारहरु पूर्णरुपमा बन्द गरिएको छ।

अवस्था हेरेर प्रहरीले गोलीसम्म चलाउन सक्ने भएकाले पनि आजको कर्फ्यु अरु बेलाको भन्दा फरक रहेको बताइएको छ ।

आज ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।

विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले कडाइ गरेको हो । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।

यता गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?