पर्यटन बजार१४ चैत्र २०७५, बिहीबार मा प्रकाशित
चैत १४, ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा बुधबारबाट ‘कला तथा संस्कृति महोत्सव’शुरु भएको छ। ५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन्। विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न शुरु गरिएको हो।
महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्।सो अवसरमा उपराष्ट्रपति पुनले कला तथा संस्कृतिमाथि नै संकट आउने चिन्ता बढीरहेको बताउँदै सबै मिलेरे कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिनुपर्ने खा“चो औल्याउनुभयो । उहा“ले भन्नुभयो ‘विश्व कला परिषद्ले ललितपुरलाई हस्तकला नगरी घोषणा गर्नु कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न हाम्रो लागि ठूलो अवसर हो ।’
नागबहाल टोल सुधार समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहेको छ । नेवारी खाजा र अन्य खाद्य परिकारको गरी पा“च वटा स्टल रहेको छ । त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी भइरहेको वडासदस्य पञ्चबज्र बज्राचार्यले बताउनुभयो ।
त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी भइरहेको छ ।
नकबहील टोल सुधार समितिको सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी भइरहेको छ।हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी गरिएको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिएको छ । महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी भइरहेको छ । नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी भइरहेको छ ।
त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्राचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकर्म संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनीमा राखिएको छ ।त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हरेक दिन हुने छ । धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनीमा राखिएको छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनीमा राखिएको छ ।चल्खु साल्ह“मा हरेक दिन चर्या नृत्य प्रदर्शनी हुने छ ।
महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय्खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी हुने छ । त्यसैगरी क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit