काठमाडौं उपत्यकामा जोर-जोरबिजोर प्रणाली भोलिबाट हट्ने

पर्यटन बजार२ पुष २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं उपत्यकामा जोर-जोरबिजोर प्रणाली भोलिबाट हट्ने

पुष २ ,काठमाडौं । काठमाडौं उपत्यकामा जोर-जोरबिजोर प्रणाली भोलिबाट हट्ने भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित यातायात व्यवसायीको छलफलपछि जोरबिजोर हटाउने निर्णय गरेको हो।

यातायात मजदुर तथा यातायात व्यवसायीहरुले काठमाडौं उपत्यकामा कायम रहेको जोर-बिजोर प्रणाली नमान्ने भन्दै सीसीएमसीलगायतलाई ज्ञापन पत्र बुझाएको थियो।

सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू गरेको जोर-बिजोर प्रणाली पुस ३ गतेदेखि हटाउने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?