काठमाडौं उपत्यकामा थपिए १ सय ६८ कोरोना संंक्रमित

पर्यटन बजार१ भाद्र २०७७, सोमबार मा प्रकाशित

काठमाडौं उपत्यकामा थपिए १ सय ६८ कोरोना संंक्रमित

भदौ १, काठमाण्डौ। काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

Facebook Comment

छुटाउनुभयो कि?