काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ११ सयलाई कारबाही

पर्यटन बजार४ भाद्र २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ११ सयलाई कारबाही

भदौ ४,काठमाडौँ। कोरोनाको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जना कारबाहीमा परेका छन् । विनाकाम सडकमा निस्किएका उनीहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सम्झाएर छाडेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील यादवका अनुसार आज दिउँसो १२ बजेसम्म काठमाडौंमा चार सय ३७, ललितपुरमा चार सय ९८ तथा भक्तपुरमा दुई सय ३५ जनालाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, तीनै जिल्लामा ६ सय ९२ मोटरसाइकल र एक सय ९५ वटा गाडीसमेत होल्ड गरिएको एसएसपी यादवले बताए । यसरी होल्ड गरिएका सवारीसाधन भने बेलुका मात्र छाडिने प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?