काठमाडौं को सुन्दरता निहार्ने कसले ?

पर्यटन बजार२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

काठमाडौं को सुन्दरता निहार्ने कसले ?

बैशाख २४,काठमाडौं।सँधै धूलो धुवाँ र फोहोर काठमाडौं बाट परिचित काठमाडौं हाल फेरिएको छ । भीड , कोलाहल ले भरिएको काठमाडौं शान्त बनेको छ । जति भीड र हतारमा थियो काठमाडौं त्यति नै कुरुप पनि ! तर अहिले फेरिएको छ काठमाडौंको स्वरूप । फुलमय बनेको छ काठमाडौं , काठमाडौं हरियाली भएको छ, सुन्दर भएको छ , शान्त भएको छ र सिधै हिमाल को दर्शन गर्न सकिने भएको छ । तर काठमाडौंका सुन्दरता लाई नीहार्ने आँखा को कमी भएको छ । फुलेका सुन्दर फूलमा तस्बिर खिच्ने मानिसको कमी भएको छ , काठमाडौंको सुन्दरता लाई वर्णन गर्ने जनसंख्या को कमी भएको छ । आउनुहोस् हेरौं काठमाडौं को सुन्दरता लाई तस्बिरमा :

Facebook Comment

छुटाउनुभयो कि?