काठमाडौं नेचुरोपेथी अस्पतालले मनायो पहिलो वार्षिकोत्सव

पर्यटन बजार१५ मंसिर २०७७, सोमबार मा प्रकाशित

काठमाडौं नेचुरोपेथी अस्पतालले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौँ, १५ मङ्सिर । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले गुणस्तरीय स्वास्थ्य भए मात्र सिङ्गो देश नै स्वस्थ्य हुने बताउनु भयो। उहाँले बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज पहिलो वार्षिकोत्सव कार्यक्रममा शुभकामना व्यक्त गर्दै अस्पतालले सफलताको सीडी अझै चढ्दै जाओस भन्ने कामना गर्नुभएको हो।


मानवसेवा का लागि खोलिएको यो संस्था ले थप मानिसलाई लाभान्वित गर्नेछ भन्ने आशा लिएको उहाँले बताउनुभयो ।

त्यस्तै टोखा नगपालिका-५ का वडाध्यक्ष जगन्नाथ ढकालले प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको छ भन्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।आफ्नो उपचार को पद्धति समेत उल्लेख गर्दै उहाँले खानपिन मा विचार गर्दै दैनिक व्यायाम मा ध्यान पुर्याए स्वस्थ्य रहन सकिने बताउनुभयो।


त्यसरी नै चर्चित नायक रमेश उप्रेतीले यस अस्पताल बाट समयसमयमा सेवा लिईरहेको बताउनु भयो। हालको समयमा यस किसिमको उपचार पद्धति मा सबै मानिसहरूले ध्यान दिनुपर्ने मा उहाँले जोड दिनुभयो ।

सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।

स्वागत मन्तव्य व्यक्त गर्दै  अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले रोगीलाई निरोगी बनाउने, निरोगी लाई दीर्घजीवी बनाउने उद्देश्यका साथ आफूहरु लागिपरेको बताउनु भयो। उहाँले  विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हाडसम्बन्धी रोगको उपचार गरिने जानकारी दिनुभयोे ।

कार्यक्रममा समाजसेवी, राजनीतिज्ञ, पत्रकार, साहित्यकार, कलाकार, गायक गायीका लगायत को उल्लेखनीय उपस्थिति रहेको थियो। वार्षिक कार्यक्रममा रक्तदान कार्यक्रम समेत संचालन गरिएको थियो र अहिले गर्ने सबैैैैलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो।

Facebook Comment

छुटाउनुभयो कि?