किर्तिपुरमा भेटियो ३०० बर्ष पुरानो लिच्छविकालिन मुर्ति फेला

पर्यटन बजार२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

किर्तिपुरमा भेटियो ३०० बर्ष पुरानो लिच्छविकालिन मुर्ति फेला

चैत २२, काठमाडौं । किर्तिपुर नगरपालिका वडा नं. ६, चारघरेमा जालपादेवि मन्दिर पुनः निर्माण गर्दा ३०० बर्ष पुरानो लिच्छविकालिन मुर्ति फेला परेको छ ।  मूर्ति भेटिएपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ । भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो । 

त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् । भेटिएका मूर्ति लिच्छवीकालीन भएको पुष्टि भएको पुरातत्व विभागले गरेको छ । मन्दिर पुनर्निर्माण समितिको आग्रहपछि पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको वृहत चारघरे धार्मिक समितिका सचिव विनोद बस्नेतले जानकारी दिए ।

भेटिएका पुरातात्विक मूर्ति तथा सिक्का विभागले मन्दिर निर्माण समिति कै जिम्मामा छाडेको छ ।  मन्दिरमा पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि थप उत्खनन थालिएको छ । मन्दिर पुनर्निर्माण समितिले थप पुरातात्विक वस्तु हुन सक्ने अड्कल गर्दै आफ्नै अग्रसरतामा उत्खनन थालेको छ । उत्खननका क्रममा हरेक दिन नयाँ पुरातात्विक वस्तु भेटिएको सचिव बस्नेत बताउँछन् ।

२०७२ वैशाख १२ को भूकम्पले कीर्तिपुर क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिरलगायतमा क्षति पुगेको छ । भूकम्पको ४ वर्षपछि त्यहाँका स्थानीयले समिति गठन गरेर चरणबद्ध पुनर्निर्माणको काम थालेका छन् । बस्नेतका अनुसार पुनर्निर्माण भइरहेको र लिच्छविकालीन मूर्ति भेटिएको स्थानमा नयाँ मन्दिर निर्माण गरिदिने वचन पुरातत्व विभागका अधिकारीहरुले दिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?