कृत्रिम चराको गुण र पर्यटकको घुइँचो

पर्यटन बजार१४ पुष २०७७, मंगलवार मा प्रकाशित

कृत्रिम चराको गुण र पर्यटकको घुइँचो

पुस १४, काठमाडौँ।रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा विभिन्न ४८९ प्रजातीका चराहरू पाइन्छन्।
आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ।सुनसरीको बराह क्षेत्र नगरपालिकामा बिभिन्न तर्फ बाट वन्यजन्तु आरक्षको लागि विभिन्न योजना हरु बनाइएको छन्।
त्यस्तै सुनसरीको बराह क्षेत्रमा एक होटल व्यवसायीले कृत्रिम चराको गुण र पानी खाने भाडो निर्माण गरेका छन्।चरा हेर्न आउने पर्यटकका लागि नजिकबाट चराको दिसय देखाउन र चरालाई सहज पार्न गुड र पानी खाने सहज भाँडो बनाइएको होटल सञ्चालक र कोसी बर्ड सोसाइटी अध्यक्ष सञ्जिव आचार्यले बताउँछन् ।

कृत्रिम चराको गुण र पानी खाने सहजताले गर्दा चराहरू आफ्ना गुण तर्फ अाउने र पर्यटकका लागि नजिकबाट चरा अवलोकन गर्न सहज भएर आउने गर्छन्।यसो गर्दा पर्यटकको घुइँचो बदने गरेको पनि पाइन्छ भन्छन होटल सञ्चालक।

Facebook Comment

छुटाउनुभयो कि?