पर्यटन बजार१३ माघ २०७७, मंगलवार मा प्रकाशित
माघ १३, काठमाण्डौ। केटु हिमाल आरोरण गरेर फर्किएका टिमलाई आज प्रधानमन्त्रीले खादा लगाएर सम्मान गर्नुभएको छ। जीवननै जोखिममा राखेर हाम्रो देश बहादुरहरुको देश भनेर चिनाएकोमा एकदमै गौरवान्वित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो साथै यो सुभकामना कार्यक्रमा केटुमा फहराएको झण्डा आरोहिहरुले प्रधानमन्त्रीलाइ प्रदान गरेका छन। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अपेक्षाअनुसार सहयोग गर्न नसके पनि सरकारले देशको गक्ष अनुसार सरकारले सहयोग गर्ने बताउनुभयो। हिमाल छाड्नु आफैमा असाधारण काम भएकाले यो असाधारण कामको लागि सबै टिमको खुलेर तारिफ गर्नुभयो।
माउन्ट केटु आरोहण गरेर फर्किएका पर्वतारोहीहरु आज बिहान 8 बजे काठमाण्डौ आइपुगेका थिए । कोरोना महामारीको बिचमा पनि गौरबको काम गरेकोमा शिर निहुराएर शुभकामना गर्नुभयो साथै नेपालीले गर्न नसक्ने कुनै काम नभएको र यो काम त्यसैको उत्कृष्ठ उदाहरण भएको पर्यटन मंत्री ढकालले बताउनु भयो। फेरी एक पटक नेपाल बिर नेपालि भनेर चिनिएको छ भन्दै सहाही युवाका सहासी कदममा सरकार हिजोका दिनहरुमा बेखबर भए पनि आगामी दिनहरुमा सरकारले आफ्नो संलग्नता र उत्तरदायित्व बहाना गर्ने बताउनु भयो। साथै पर्बतारोहिलाइ मानपदवीले विभूषण गर्ने घोषणा गर्नुभयो।
विश्वकै खतरनाक मानिने माउन्ट केटुमा नेपाली आरोहीहरुले जाडो महिनामा आरोहण गर्दै विश्व किर्तिमान बनाएका थिए । कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही माघ 3 गते शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका थिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit