कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी

पर्यटन बजार१६ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी

फागुन १६, काठमाडौँ। विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको छ। नेपालको प्रमुख गन्तव्यका रुपमा उक्त ताल रहे पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको लम्कीचुहा नगरपालिका–४ कौवापुरका कमल ढकालले बताए। तालमा जमेका लेउ र फोहरको सरसफाइ नहुँदा तालनै दुर्घन्धित भएको छ।

त्यस्तै कञ्चनपुरबाट घोडाघोडी ताल अवलोकन गर्न पुगेका सन्तोष घिमिरेले पनि तालमा खासै परिवर्तन नभएको गुनासो गरे। उनले भने, “हामी स्कूल पढ्दा घोडाघोडी ताल घुम्न आउँदा पनि यस्तै लेउ र सुकेको कमलको फूलले ढाकेको थियो र अहिले पनि यस्तै फोहर नै छ।”

यस्तै पोखराबाट भ्रमणका क्रममा घोडाघोडी तालको अवलोकन गर्न आएका महेश गुरुङले पनि पर्यटकलाई लोभ्याउने कुनै नयाँ कुरा नरहेको बताए। पौडेलले गोही तथा यहाँ रहेका अन्य वनस्पतिलाई असर नपर्ने गरी सरसफाइ गरी आएका पर्यटकलाई भुल्ने वातावरण मिलाउन पर्ने सुझाव दिए। 
घोडाघोडी ताल संरक्षक दीपक शाहले ताल क्षेत्रमा आएर धेरै समयसम्म अवलोकन गर्नको लागि खासै केही नभएका कारणले पर्यटक कम आउने गरेको बताए। लेउ र झ्याउका कारण ताल फोहर देखिने हुँदा यसको सरसफाइ गरी ताल क्षेत्रलाई व्यवस्थित गर्न सके मात्रपर्यटन भित्र्याउन सकिने उनले बताए।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसादचौधरीले नगर क्षेत्रमा पर्यटक प्रवद्र्धधनको लागि विस्तृत गुरुयोजना निर्माण भइरहेको जानकारी दिए। पर्यटन प्रवद्र्धनका लागि एकद्वार प्रणालीको आवश्यकता रहेको उनले बताए। गुरुयोजना निर्माणसँगै एकद्वार प्रणाली लागू गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

घोडाघोडीलाई विश्वजलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको उचित वासस्थानका रुपमा लिइने गरिन्छ।

हालसम्मको अध्ययनअनुसार यहाँ ४५० प्रजातिका वनस्पति, सतिसाल, साज, खयरको घना जङ्गल रहेको छ। ताल संरक्षणका लागि विभिन्न सङ्घसंस्थाले वर्षेनि लाखौँ रुपैयाँ खर्चने गरेको भए पनि त्यसको उपयोगिता हुन नसकेको स्थानीयवासीको आरोप छ ।

Facebook Comment

छुटाउनुभयो कि?